धरानमा आगलागी, दुई पसल जलेर नष्ट

धरान / गएराति धरान १ मा आगलागी हुदा दुईवटा पसल जलेर नष्ट भएको छ । धरान १ लक्ष्मी सडकमा रहेको दुई वटा पसलमा आगलागी हुँदा छाप्रोसहित त्यहा रहेका सामान समेत जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

राती एक्कासी आगो देखिएपछि स्थानीयले दमकललाई खबर गरेर आगो नियन्त्रणमा लिएका थिए । धरान–१ युरेका स्कुलसँगै रहेको छाप्रोको चिया पसल र आइरन गर्ने पसल जलेर नष्ट भएको हो । युरेका स्कुल नजिकै रहेको तरकारी बजार भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । राती पसल बन्द गएको अवस्थामा आगलागी भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार आगलागीबाट १ लाख १५ हजार बराबरको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया