धरानका राई मृत अवस्थामा फेला

धरान / धरान १४ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । धरान १३ कृषि बजारदेखि माथि धरान १४ विजयपुरमा रहेको डिलमा धरान १ निवासी ४१ बर्षीय जितेन राई मृत अवस्थामा फेला परेका हुन् । घोप्टो अवथामा रहेको उनको देब्र हातको कुहिनामा चोट रहेको प्रहरीले जनाएकाे छ । के कारणले मृत्यु भयो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

अहिले प्रहरीले घट्ना स्थलमा गएर मुचुल्का उठाउने काम गरिरहेको छ । मृतक राई २०५९/०६० सालदेखि नै धरान १ ससुरालीमा बस्दै आएका बताइएकाे छ । उनि काठको मिस्त्री रहेको मृतकका ससुरा विष्णुप्रसाद श्रेष्ठले बताए । दैनिकजसो मदिरा सेवन गर्ने राई राति ११, १२ बजेतिर मात्र घर फर्किने गरेको ससुरा श्रेष्ठले जनकारी दिए ।

मृतकका ससुरा श्रेष्ठका अनुसार मृतक राई १०/१२ बर्ष अगाडि वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीबाट फर्किएदेखि नै धरान १ मा रहेको ससुराली घरमा बस्दै आएका थिए । इलाम स्थायी घर भएका मृतक राईले सविता श्रेष्ठसंगै विवाह गरेका थिए र हाल उनका १७ बर्ष र ५ बर्षका दुई छोरा रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…