धरानका दुई वडा बालमैत्री घोषणा भएपनि सडक बालबालिकाको अवस्था उस्तै

धरान / धरानमा रहेका २० वटै वडालाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी छ । यसैक्रममा धरान १३ र १४ बालमैत्री घोषणा भइसकेका छन् । तर धरानमा रहेका सडक बालबालिकाले पाउने अधिकारका विषयमा सरोकारवाला पक्ष वेखरबर झै रहेको छ । सडक बालबालिका संरक्षणको लागि विभिन्न संघ संस्था खुलेको छन् भने राज्यले समेत यस्ता बालबालिकाको शिक्षा, स्वस्थ्य र रोजगाकारको लागि नीति नियम समेत बनाइसकेको छ । स्थानीय स्तरमा धरान उपमहानगरपालिकाको सामाजिक विकास शाखाले सरोकारावाला पक्षसंग समन्वय गरेर बाल संरक्षणको काम गर्छ तर सडक बालबालिका अभिभावकविहीन भएर भौतारिरहदा समेत सम्बन्धित पक्ष बेखबर झै देखिएको छ ।

धरानको भानुचौकमा विहानको समयमा जो कोही पुग्ने हो भने सडकका पेटी तथा गल्लीमा सडक बालबालिका यततत्र लाम लागेर सुतिरहेको भेटिन्छन् । उनीहरु उठ्नेवित्तिकै धरानका विभिन्न स्थानमा गएर थोत्रा प्लाष्टि टिप्ने, बस पार्कमा गएर यात्रुहरुसंग पैसा माग्ने र साझपख लागू औषधको रुपमा लिइएको ड्रेनडाइव तथा मादक पदार्थ सेवन गर्ने हो हल्ला गर्ने उनीहरुको दिनचर्या नै बनेको छ ।

सडक बालबालिकाको यस्तो विकराल समस्या समाधान गर्न केही समय अगाडि धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरानबीच भएको छलफलपश्चाते समाधानका लागि उपमहानगरपालिकाले २ लाख बजेट समेत छुट्याएको थियो । प्रहरीकै सक्रियातामा यसरी सडकमा हिड्ने सडक केही बालबालिकालाई उनीहरुकै अभिभावकलाई बुझाउने, केहीलाई इटहरीमा रहेको भ्याइस अफ चिल्ड्रेन नामक संस्थामा बुझाउने र केही बालबालिकालाई धरान १३ फुस्रेमा रहेको किरात याक्थुङ चुम्लुङ पुर्नचिवन केन्द्रमा पुु¥याउने गरिएको थियो । प्रहरीको यस कार्यले केही दिन धरानको भानुचौकमा सडक बालबालिका भेटिएनन् । अहिले पुनः विगतकै जस्तै सडक बालबालिकाले भानुचौक भीडभाड हुन थालेको छ । अल्पकालीन समस्या समाधान भन्दा पनि दीर्घकालीन समस्या समाधानमा नलागेसम्म यस्तो समस्या आइरहने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले बताउनुभयो ।

उहाले चितवनमा सडक जस्तै धरानमा पनि सडक बालबालिककाको लागी दीर्घकालीन योजना ल्याउनुपर्ने बताउनुभयो । उहाले यसका लागि बालगृह आवश्यक रहेकाे बताउनुभयो ।

सडक बालबालिकाकै कारण भानुचौक वरपरका सर्वसाधारण हैरान हुने गरेको स्थानीयहरुको भनाई छ । चौविसै घण्टा भानुचौक वरिपरि रहने उनीहरुले सर्वसाधारणलाई पैसा माग्ने, घण्टाघर छेउमा बसेर डे«नड्राइव खाने लगायतका काम गरेर सर्वसाधारणलाई समेत हैरानी पार्ने गरेको भानुचौक छेउमा रहेको घण्टाघर व्यवस्थापन समितिका कर्मचारी राजा लिम्बु बताउनुहुन्छ ।

धरानमा करिब १ सय ५० को हाराहारीमा सडक बालबालिका रहेका छन् ती मध्ये केहीको व्यवस्थापन भएपनि अहिले पनि धरानमा १ सय भन्दा बढी सडक बालबालिका यत्रतत्र धरानको भानुचौकमा भौतारिदै हिडेको पाइन्छ । राज्यले उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चतता गर्न नसक्दा दिनप्रतिदिन सडक बालबालिकाको संख्यामा वृद्धि हुदै गएको छ । यसतर्फ सम्बन्धित पक्षले समयमै ध्यान निद जरुरी छ । भविष्यका बालबालिकालाई सही काममा सदुपयोग गर्नैकै लागि पनि यस्ता बालबालिकाको दीर्घकालिन समस्या समधानमा राज्य गम्भीर हुन जरुरी छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

पूर्वका प्रमुख धार्मिक गन्तव्य स्थलको प्रचारका लागि बोलमेलामा सूचना केन्द्र राखिने

धरान १४ बाल मैत्री वडा घोषणा

धरानका दुई वडा बालमैत्री घोषणा भएपनि सडक बालबालिकाको अवस्था उस्तै

वीपी प्रतिष्ठान भ्रष्टाचार प्रकरण : मन्त्रिपरिषदले गठन गर्याे छानविन समिति

धरानका अधिकांश व्यापारीले उपभाेक्ताकाे स्वास्थ्यमा खेलबार्ड गरेकाे खुलासा, भाटभाटेनीमा भेटियाे कुहिएको सागसब्जी र फलफूल

प्रदेश सरकार किसानको हितमा काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री राई

धरान १४ आजबाट पूर्ण खोप सुनिश्चितता घोषणा

धरान प्रहरीद्वारा हराएको मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता

खाजा भत्ता कटाएर धरानका प्रहरीद्वारा मृगौला पीडितलाई सहयोग

धरानमा आतंक मच्चाएको आरोपमा वडा अध्यक्षका छोरा प्रक्राउ

तपाईको प्रतिक्रिया