धनपालगढीमा राति अनौठो चिज बलेपछि हेर्नेको भिड

 

 

बेलबारी ÷ मोरङको कसेनीमा रहेको पर्यटकिय स्थल धनपालगढीमा साँझको समयमा रुखमा उज्यालो बल्न थालेपछि हेर्नेको भिड लाग्न थालेको छ ।
साँझ ७ बजे देखी चार पाँच ओटा रुखमा पिलिक पिलिक उज्यालो बल्न थाले पछि हेर्नेको भिड लाग्न थालेको हो ।

जुनकीरी जस्तै एकै साथ रुखमा बल्छ बेलबारी वडा नम्बर ५ का अध्यक्ष बिश्वबन्धु बस्नेतले भने दैविक शत्तिको उत्पति भएको भन्दै हेर्नेको भिड लाग्न थालेको छ । गाडि नै लिएर उत्त क्षेत्रमा मानिसहरु आउने गरेको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

केहि दिनदेखी धनपाल थानमा चार पाँच ओटा रुखामा एकै पटक पिलपिलक बल्न थालेपछि हेर्नेको भिड बढदै जान थालेको छ । स्कारपियो गाडि देखी ट्रयाक्टरमा समते आएर हेर्ने गरेको वडाअध्यक्ष बस्नेतले बताए । प्रचार प्रसार तथा संरक्षणको अभवामा रहेको धनपालथानमा अहिले दैनिक १ हजार भन्दा वढि मानिस जान थालेका छन । साँझ ७ बजे पछि दैनिक ४०–५० वटा सम्म ट्रयाक्टरनै ल्याएर आउनेको भिड लाग्ने गरेको स्थानिय नन्दराज गिरीले बताए ।

गिरीका अनुसार साँझ अनौठो बस्तु हेर्न आएकालाई ब्यबस्थापन गर्न प्रहरीलाई समेत हम्मे हम्मे पर्ने गरको छ । कहिल्यै धनपाल नपुगेका मानिसहरु पनि अहिले पर्यटकका रुपमा पुग्ने गरेका छन । रुखमा बलेको बस्तु जुनकरी नै हुन सक्छ वडा नम्बर ७ का वडा अध्यक्ष बस्नेतले भने जे भएपनि पर्यटकको संख्या बढन थालेको छ । जुनकीरीले नै भए पनि पर्यटक भित्रयाएको भन्दै स्थानिय वासिन्दा भने खुसि रहेका छन ।

अतिक्रमणको चपेटामा रहेको धनपालथानमा अहिले पर्यटक समेत पुग्न थालेका छन । ३५ बिगाह जग्गा रहेको गढीको ६ बिघा भने स्थानियको नियन्त्रणमा रहेको छ । गौचरनका रुपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा रहेको धनपालथानको संरक्षण गर्नुपर्ने समेत कुरा उठन थालेको छ । धनपाल थानमा ३ वटा पोखरी रहेका छन । अन्य ४ वटा पोखरी भने भत्किसकेका छन ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

खलासी दाई ! के सडक तिम्रो बाऊको बिर्ता हो ?

गरिब,जेहेन्दार र दलित बिद्यार्थीलाई समाजसेवी राईको सहयोग

काम गरेर देखाउने ईप्रका बेलबारी प्रमुख राईको दाबी

धनपालगढीमा राति अनौठो चिज बलेपछि हेर्नेको भिड

बेलबारीका पत्रकार गिरीमाथि आक्रमण,२ जना पक्राऊ

बजेट सम्बन्धमा विराटनगरका उद्योगी ब्यबसायीको यस्ताे प्रतिक्रिया

गणतन्त्र दिवसको शुभकामना मात्र दिने की जनतालाई महशुस पनि गराऊने ?

किन ईटहरीमा आएका सबै डिएसपी बिवादमा मुछिन्छन ?

वन कार्यालयको दादागिरी, उपभोत्तालाई झुक्याएर वन फडानी

थामिएनन् स्व.गोमाका बृद्ध बाबुआमाको आँशु

तपाईको प्रतिक्रिया