दुखद खबर : दशैंकाे बेला बसले ठक्कर दिँदा बालिकाको मृत्यु

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा आज अपराह्न यात्रुबसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । काठमाडौँबाट नवलपुरतर्फ जाँदै गरेको बा२ख ६५८५ नंको यात्रुवाहक बसले ठक्कर दिँदा चौतारा साँगाचोकगढी नगरपालिका–५ का हेमबहादुर घलेको तीन वर्षीया छोरी प्रेरणा घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खाल्डोमा डुबेर एकको मृत्यु

चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१ सिमलघारीमा खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका कर्मचारीको मृत्यु भएको हो । आज दिउँसो सुली सफा गर्न जाने क्रममा सोही सुलीमा डुबेर भरतपुर–११ का सूर्यबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कुखुराको सुलीलाई व्यवस्थापन गर्न ठूलो खाल्डो खनिएको थियो । कार्कीको शव निकालेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…