दुई मोटर साइकल एक आपसमा ठोकिदा एकको मृत्यु दुई घाइते

उदयपुर / उदयपुरमा दुई मोटर साइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार राति कदमाहा–गाईघाट अन्तर्गत त्रियुगा नगरपालिका–६ लालपत्तामा विपरित दिसाबाट आएको दुई मोटर साइकल ठोकिदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

गाईघाटबाट कदमाहा तर्फ जाँदै गरेको बा.६८ प ३६४४ नम्बरको मोटर साइकलले विपरित दिशाबाट आउँदै गरेको स ७ प ८८०० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा सोही मोटर साइकलका चाालक लहान नगरपालिका १६ बस्ने ३५ वर्षिय राजकुमार खड्काको उपचारको क्रममा सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै बा. ६८ प ३६४४ नम्बरका मोटर साइकल चालक त्रियुगा नगरपालिका १० बस्ने २५ वर्षिय सन्तोष मगरको निधारमा चोट र सोही मोटर साइकलमा पछाडि सवार त्रियुगा नगरपालिका १० बस्ने ३० वर्षिय विनोद राईको टाउकोमा चोट लागेको छ । उनीहरुको लहान स्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

तपाईको प्रतिक्रिया

Loading…