दशैको मुखमा अभिभावक हराएपछि रुवाबासी

झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ४ ईलुवाबारीका ७० बर्षिय तीर्थप्रसाद अधिकारी बिगत २ दिनदेखि परिवारको सम्पर्कमा नआएपछि दशैको मुखमा परिवारमा रुवाबासी शुरु भएको छ ।

अधिकारी २८ गते बेलुका घरबाट कसैलाई नभनी निस्किएको र हालसम्म घर नफर्किएको र परिवारको सम्पर्कमा नआएपछि परिवारले उनको खोजी गरिदिन प्रहरी र अन्य महानुभावहरुलाइृ अपिल समेत गरेको छ । सेतो बर्ण,सेतो कपाल,कालो स्टकोट,निलो दौरासुरुवाल,टोपी लगाएका उनलाई कसैले देखे वा भेटेमा प्रहरी वा उनका आफन्तलाई खबर गरिदिन् परिवारले अनुरोध गरेको छ । उनको सोमबार सुनसरी,झापा,लगायतका बिभिन्न ठाँउमा खोजी गरिएपनि सम्पर्क हुन नसकेको भतिजा पवन अधिकारीले बताएका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया