दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

सोलुखुम्बु / सल्लेरीका अधिकांस मासु पसल अबैध रुपमा सञ्चालन गरेको पाईएको छ । नयाँ बजार र सल्लेरी बजार क्षेत्रका मासु पसल दर्ता नगरि सञ्चालन गर्दै आएको पाईएको हो । राँगा, कुखुरा र खसिको मासु बेच्दै आएका मासु पसल संचालकहरुले नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गराउनु पर्ने भएपनि विना दर्ता संचालन गरिरहेका छन् ।

नगरपालिकामा गत आर्थिक वर्ष २०७४÷७५ मा १३ वटा मासु पसल दर्ता भएका थिए । दर्ता गरिएको पसलको चालु आर्थिक बर्षमा नविकरण गरिएको छैन् । घरेलु तथा साना उद्योग विकास समितीमा आर्थिक बर्ष २०७०÷७१ यता २६ वटा मासु पसल दर्ता भएका छन् । नगरपालिका पशु विकास अधिकृत भिमलाल तामाङले हरेक व्यवसायीक कामका लागि सम्बन्धित निकायमा दर्ता अनिवार्य भएपनि कतिपयले अवैध रुपमा मासु व्यवसाय संचालन गरिरहेको बताए ।

दर्ता विना चलेका र नियमित अनुगमन नभएका मासु पसलमा अस्वस्थकर मासु बिक्रि भईरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले प्रशासनले अबैध रुपमा सञ्चालन भएका मासु पसल कुनैपनि जुनुकै बेला बन्द गर्न सक्ने बताईन् ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…