थारु पत्रकार संघमा मदन चौधरी

सुनसरी / थारु पत्रकार संघ नेपालको तेस्रो महाधिवेशनबाट मदन चौधरीको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि नौ सदस्यीय कार्यसमितिलाई प्रदेश स्तरमा विस्तार गरी सत्र सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रले अनुमोदन गरेपछि मदन चौधरीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति बनेको हो ।
संघको उपाध्यक्षमा संजय चौधरी, महासचिवमा किशोर चौधरी, सचिवमा इन्दु चौधरी र कोषाध्यक्षमा प्रतिमा चौधरी निर्वाचित भएको हो ।

यस्तै, सदस्यहरुमा क्रमशः सन्तोष दहित, सहदेव चौधरी, पुष्पा चौधरी, लक्ष्मी चौधरी, कमल चौधरी, राजु चौधरी, सीताराम चौधरी, उन्नति चौधरी, वुनु चौधरी, सन्तकुमार चौधरी, दुष्यन्त चौधरी र कुलदीप चौधरी सर्वसम्मत निर्वाचित भएको हो ।

दुई वर्षे कार्यकाल रहेको संघमा यसअघि विनिता चौधरी, लक्की चौधरी, कृष्णराज सर्वहारीले नेतृत्व गरिसकेका छन् । प्रमुख निर्वाचन अधिकृत लक्की चौधरी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलमा अधिवक्ता रामराज चौधरी, पत्रकार गणेश चौधरी सदस्य रहेका थिए । निर्वाचन मण्डलले सर्वसम्मतको प्रयास गर्दागर्दै सहमति हुन नसकेपछि अध्यक्ष, महासचिव र सचिव पदकालागि निर्वाचन गराएको थियो ।

तपाईको प्रतिक्रिया

×