तेह्रथुम जिल्लामा नगरबस सञ्चालन

तेह्रथुम / तेह्रथुम जिल्लामै पहिलो पटक लालीगुराँस नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको छ । यहाँका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै नगरबस सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका दुर्गम गाउँका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ नगरपालिकाले नगरबसको साथै एम्बुलेन्स सञ्चालनमा ल्याईएको नगरपालिकाको प्रमुख अर्जनु माबोहाङले बतए ।

उनका अनुसार ग्रामिण क्षेत्रका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै लालीगुराँस नगरपालिका भित्र नगरबस सन्चालनका लागी प्रत्येक हप्ताको सोमबार दागपा मुसाङखेल हुदै बसन्तपुर बजार र प्रत्येक हप्ताको सुक्रबार सोल्मा, मंगलबारे, मेघा नगरबस सन्चालनहुने भएको छ । नगरपालिकाको आर्थीक बर्ष २०७४÷७५ को नगरसभाले ४५ लाख बिनीयोजन सँगै बस सञ्चालनका लागी टेन्डर आब्हान गरिएको नगरपालिकाका प्रबक्ता देबेन्द« खड्काले बताए । नागरिकहरु यातायातको सेवा लिनका निम्ती घण्टौ टाढाको बाटो पैदल हिडेर बस चढ्दै आउनु पर्ने समस्या रहँदै आएको थियो ।

नगरको प्रत्येक वडाहरुमा यात्रु बाहक बसहरु सञ्चालन भएपनी दुर्गम गाउँमा यात्रु प्रयाप्त नपाएका कारण बस सञ्चालकहरु सेवा दिन हिच्कीच्याउने गरेकाले स्थानीयहरुलाई सेवादिनको लागी नगर बस सञ्चालनमा ल्याएको नगरपालिकाका उपमेयर तिला पोखरेलले बताईन । सरकार गाउँमै भएको प्रत्याभुत गराउन नगरपालिका अहोरात्र लागी परेको र नागरिकहरुको समस्यालाई समाधानकै निम्ती नगर बस र नगर एम्वुलेन्स सेवा सुरु गरीएको प्रेस सल्लाहकार राजकुमार तेयुङले बताए । दुर्गममा गाउँका नागरिकहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री बजार सम्म पुर्याउन डोको बोकेर पुर्याउनु पर्ने बाध्यता बस सञ्चालन सँगै हट्ने भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…