तेह्रथुममा ट्याक्टर दुर्घटना एकको मृत्यु

तेह्रथुम / तेह्रथुमको लालिगुराँस नगरपालिकामा बुधबार भएको ट्याक्टर दुर्घटना परि एक जनाको मृत्यु भएको छ । नगरपालिकाको बन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्याक्टरका चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सडकमा ब्रेक फेल भएर को २ त ४०५३ नम्बरको ट्याक्टर दुर्घटना बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया