तेह्रथुमका आगलागी हुँदा एक बच्चाको मृत्यू

तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउसो आगलागी हुदा एक वच्चाको ज्यान जानुको साथै एक घर पुर्णरुपमा जलेर नष्ट भएको छ । दिउसो साडे तिनबजेतिर अचानक आगलागी हुदा स्थानिय श्रीप्रसाद खातीको ६ बर्षिय नाती मौसम खातीको जलेर मृत्यू भएको हो । घर नजिक रहेको परालको मतानमा बच्चा खेल्ने क्रममा लाईटर सल्काएको र उक्त मतानमा लागेको आगोले घर समेत जलेको ईलाका प्रहरी कार्यलय आठराईले जनाएको छ ।

आगोका कारण घरमा भएका अन्नपात,लत्ताकपडा ,भाडाकुडा सबै जल्दा करिब ६ लाख ८० हजारको क्षति भएको छ भने बालकको शव पोष्टर्माटमका लागी ईलाका श्वास्थ्य चौकी सक्रान्ती ल्याईएको छ । आगो ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारको टोली र स्थानियबासीको सकृयतामा करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट घरबारबिहिन बनेका खातीका परिवार आफन्तको शरणमा बसका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…