तेह्रथुमकाे छथरमा १३७ घरमा जाेडियाे खानेपानी मिटर

तेह्रथुम / खानेपानीको चरम समस्याले पिरोलिन्दै आएका जिल्लाको छथर गाउँपालिकाको केन्द्र सुक्रबारेका स्थानीयलाई आयोजनाले राहात मिलेको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिती नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमको सहजीकरणमा सञ्चालन भएको आयोजनाले यहाँका स्थानीयहरुलाई राहात मिलेको हो ।

आयोजना सञ्चालनका लागी ग्रामिण खानेपानी सरसफाई कोष बिकास समिती नेपालको २९ लाख ५० हजार बढी आर्थीक सहयोग तथा स्थानीय श्रमदानमा आयोजना सम्पन्न भएको देउराली खानेपानी उपभोक्ता समितीका अध्यक्ष नारायण सुब्बाले बताए । आयोजना सम्पन्न सँगै सुक्रबारे बजार क्षेत्रको १ सय ३७ घर लाभान्भित भएका छन । खानेपानी उपभोक्ताहरुको घर घरमा मिटर जडान गरीएको समितीले जनाएको छ । समितीका अनुसार १ सय १८ घरमा मिटर जडान गरी सकिएको छ । अन्य घरमा मिटर जडान बाँकी रहेको समितीका उपाध्यक्ष लोकेन्द्र बहादुर लिम्बुले बताए । आयोजना सम्पन्न सँगै शनिबार एक कार्यक्रमका बिच उद्धघाटन गरीएको छ ।

उद्धघाटन तथा दोश्रो साधारण सभामा उपभोक्ता समितीका लेखा समिती संयोजक दिल पाक्साँवाले ४१ लख ९९ हजार १५ रुपैयाँ बराबरको लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले छथरबासीको खानेपानीको समस्यालाई दिर्घकालिन समस्या समाधानका निम्ती निती तथा कार्यक्रममा प्राथमिकताका साथ योजनाहरु अगाडी सारीएको बताए । मानव जीउनको निम्ती पहिलो आबश्यकता नै पानी भएकाले छथरबासीको समस्या समाधानका निम्ती गाउँपालिकाको तर्फबाट गत बर्षदेखी नै काम सुरु भई रहेको लिम्बुले बताए ।

छथरबासीको समस्या समाधानका निम्ती गत बर्ष नै डिप बिरिङ प्रबिधीबाट सुख्खाग्रस्त क्षेत्रमा खानेपानी बितरण सुरु गरीएको उनले बताए । खानेपानी आयोजना सञ्चालनमा स्थानीयहरुको महत्वपुर्ण भुमिकाले नै समयाबधी भित्रै आयोजना सम्पन्न भएको देउराली सोसाईटी तेह्रथुमका प्रबन्र्धक निर्देशक कपिलदेब सिंघकले बताए । प्रयाप्त रुपमा खानेपानी अभाबका कारणाा बिहानीको उजेली सँगै यहाँ रहेका पानी पँधेरी पानीका मुहानहरुमा पुग्दै आएको समस्या समाधान भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा सुक्रबारेका डिक बहादुर ठकुरीले बताए । आयोजनाको उद्धघाटन तथा साधारण सभाको अबसरमा उपभोक्ता समितीले छथर गाउँपालिका,वडा नम्बर २ को कार्यालय,फण्डबोर्ड नेपाल देउराली सोसाईटीलाई कदर पत्र प्रदान गरीएको समितीका सचिब राम कुमार श्रेष्ठले बताए । त्यस्तै आयोजना सञ्चालनमा सकृय रुपमा रहेका कर्मचारीलाई सम्मान पत्र प्रदान गरीएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

लगानी गुमाउँदै चिया किसान

क्यान्सर पीडित सुरजलाई ईजराईलबाट बास्कोटाकाे सहयोग

खजुम लिम्बुहरुको माङगेना योमुई चाम्खासिङ यक संरक्षणमा चासो

बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

छथर गाउँपालिका हमरजुङमा जोरधारा वाबुन टोल बिकास समिती गठन

चाडपर्बमा हुने अपाराधिक घटना न्युनिकरणका लागी छथरमा प्रहरी सुरक्षा सतर्कता

१० रुपैयाँ बाट सुरू भएकोे समुह, करोडाै कारोबार गर्दै

तेह्रथुमकाे छथरमा १३७ घरमा जाेडियाे खानेपानी मिटर

सिँचाई गर्न पानी जोहो गर्दै किसान

बर्षाका कारण तेह्रथुम सुक्रबारे बजारमा १ घर भत्कियो

तपाईको प्रतिक्रिया