तिनजना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पूर्व प्रहरी पक्राउ

इटहरी । इटहरीमा एकै व्यक्तिले तिनजना बालिकालाई जवरजस्र्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पैसा र खानेकुराको प्रलोभन देखाइ इटहरी ३ का ५० बर्षिय देवीबहादुर लिम्बुले सोही स्थान बस्ने बालिकाहरुलाई जवरजस्र्ती करणी गरेको आरोपमा शनिबार पक्राउ गरेको हो ।

स्थानियले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । लिम्बुले एक बालिकालाई एक बर्षदेखि लगातार जवरजस्र्ती करणी गरेका थिए भने अन्य दुई बालिकालाई पनि जवजस्र्ती करणीको प्रयास गरेको बताइएको छ ।
पिडित बालिकाहरुका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्बु बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । लिम्बु नेपाल प्रहरीका पूर्व प्रहरी (असई) हुन । उनले बालिकाहरुलाई बजार घुमाउन लानुको साथै घरमै खाने कुरा र पैसाको प्रलोभन देखाउने गरेको पिडित परिवारले बताएका छन् ।

पिडित बालिकामध्ये एक जनालाई भने लिम्बुले घर र जंगलमा लगेर धेरै पटक जबरजस्र्ती करणी गरेको बताइएको छ । दुईजना बालिकालाई भने संम्वेदनशिल अंगहरुमा हात लगाउने गरेको पिडित परिवारले बताएका छन् । ‘टोलमा हल्ला भएपछि बालिकाहरुलाई बुझ्दा घटना यर्थात रहेछ’ पिडित मध्येका एक बालिकाका बुबाले भने ‘छोरीमाथि परेको अन्याय बिरुद्ध प्रहरी कहाँ आएका हौ’ । महिला प्रहरीले पनि छोरीमाथि धेरै पटक करणी भएको भनेर भनेको उनले बताए ।

यस्तै अर्काे पिडित बालिकाकी आमाले पनि छोरीलाई कपडा खोल्न लगाएर संम्वेदनशिल अंगमा हात लगाउने र जवजस्र्ती गर्ने गरेको बताईन । घरमा बोलाएर यस्तो हर्कत गरेपछि छोरीले डराउदै घरमा भनेपछि आफुहरुले थाहा पाएको उनले बताईन । टोलमा लिम्बुले ति बालिकाहरुलाई भान्जी भनेर बोलाउने गर्दथे । पिडित बालिकाहरु सबै ११ बर्ष उमेरमा छन् । यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले घटना संम्वेदनशिल भएको बताउदै अनुसन्धान पछि जानकारी दिने बताए । पक्राउ परेका लिम्बुलाई म्याद थपको लागी सुनसरी जिल्ला अदालत लगिएको बताए ।

तपाईको प्रतिक्रिया

Loading…