ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट नौ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने साविकका ईखाबु, खेजेनिम र लिङ्खीम गाविसबाट ९ थाना भरुवा बन्दुक र एउटा भरुवा बन्दुक कै नाल नियन्त्रमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

परम्परागत रुपमा र अवैधानिक तवरले लुकाई छिपाई राखिएका हातहतियार संकलन तथा खोजतलास गरि नियन्त्रणमा लिने अभियान अन्तरतग एक महिनाको अवधिमा उक्त हतियारहरु फेला पारि नियन्त्रणमा लिईएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले बताउनुभयो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि हतियार सार्वजानिक गर्दै थापाले यस्ता हतियार नियन्त्रणमा लिने अभियान जारी रहेको बताउनुभएको छ । पछिल्लो समयमा घरेलु हातहतियारका कारण अपराधिक घटनामा बृद्धि हुँदै गए पछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा स्थानीय तह संग समन्वय गरि हतियार संकलन गर्ने अभियान नै सञ्चालन भएको छ ।

स्थानीय तह र प्रहरी मार्फत स्थानीयलाई सुचना गरि हतियार बुझाउन अनुरोध गरि संकलन गर्ने कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । सुरुमा हतियार बुझाउन अनुरोध गर्ने र स्वत नबुझाएमा कानुनी बाटो अपनाएर नियन्त्रणमा लिने भण्डारीले बताउनुभयो ।

ताप्लेजुङमा द्धन्द्धको समय यता ८० थान बढि हतियार संकलन भएकाछन् । जिल्लामा बैधानिक रुपमा १२ बोरे ११७ थान, २२ बोरे २० थान, भरुवा २२८ र हावादारी २ थान हतियार रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यि मध्ये १२ बोरे र २२ बोरे सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा नै दर्ता हुने भए पनि मुलुकका जुनसुकै जिल्लाबाट नविकरण हुने व्यवस्था रहेको छ । यस्तै भरुवा बन्दुक पहिले साविकको गाविसबाट नविकरण हुने भए पनि अहिले जिल्ला प्रशासन कार्यालयबाट नविकरण हुने व्यवस्था छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…