ताप्लेजुङमा आफ्नै श्रीमतिलाई जबरजस्ती करणी गर्ने श्रीमान कारागारमा

ताप्लेजुङ / ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोप लागेका एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्लाको सिरिजंघा गाउँपालिका का २० वर्षिय युवकलाई जिल्ला अदालतको आदेश अनुसार पर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएको असोज ८ गते जबरजस्ती करणी गरेको भन्दै उनकि श्रीमतिले जाहेरी दिएकि थिईन् । जाहेरी पश्चात पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ पश्चात अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरे पछि अदालतले मंगलबार थुनामा राख्न आदेस दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…