तस्विरहरूमा रामधुनीमा आगलागी , १० लाख बराबरको क्षति

झुम्का / सुनसरीको रामधुनी नपा–१ डुमरिया गाउँमा आगलागी हुदा लाखौको क्षति भएको छ । शुक्रबार दिउँसो १२ बजे भएको आगलागीमा करिब दश लाख बराबरको क्षति भएको स्थानीयवासीले जानकारी दिएका छन । रामधुनी नगरपालिका–१ डुमरियाका महेश चौधरी र चुमकलाल चौधरीको घरमा आगलागी हुदाँ घरमा भएका लत्ता,कपडा,अन्नपात, सुनचाँदी लगायत फर्निचरको समान जल्दा करिब आठ लाख बराबरको क्षति भएको जनाएको छ ।

आगलागी कारण दाउरामा खाना पकाएर बारीमा फालेको खरानीबाट सल्केएर आगलागी भएको इलाका प्रहरीका कार्यालयले जनाएको छ । आगो इनरुवा र इटहरीबाट गएका वारुण यन्त्र तथा स्थानीयवासीले आगो निभाएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…