डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित भएको छ । सोमबार पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच साविकको डुम्रहा गाविस खुला दिशामुक्त क्षेत्र घोषित भएको हो । उक्त खुला दिशा मुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र कार्कीले खुला दिशा मुक्त क्षेत्र घोषणा गरेर मात्र नहुने भन्दै यसलाई व्यवहारमा लागू गर्न सुझाव दिए । सुनसरी क्षेत्र नम्बर ४ का जनताले आफूलाई विश्वास गरेर जिताएको स्मरण गर्दै नेता कार्कीले चुनावको बेला गरेको प्रतिबद्धता पूरा गर्न आफू लागिपरेको बताए ।

कार्यक्रममा सुनसरी २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सिताराम मेहता,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,लगायतकाले बोलेका थिए । साविकको डुम्रहा गाविस र हालको इनरुवा नगरपालिका वडा नम्बर ८ खुला दिशा मुक्त घोषणा भएसंगै अनौपचारिक रूपमा सुनसरी जिल्ला खुलादिशा मुक्त क्षेत्र बनेको छ । साविकको ४८ वटै गाविस यसअघि नै खुला दिशामुक्त घोषित भैसकेका छन् ।

इनरुवा नगरपालिका ८ का अध्यक्ष रवीन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको खुला दिशामुक्त कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सिताराम मेहता,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,धिरज भट्टराई, सुनोज रौला, जनप्रतिनिधि, सरोकारवाला, समाजसेवी,बु द्धिजीवी, सुरक्षाकर्मी, कलाकार, लगायतको उपस्थिति रहेको थियो । खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरु लाई सम्मान समेत गरिएको थियोे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

कोशी कटान क्षेत्रमा जनप्रतिनिधिद्वारा सरसफाइ

प्रथम मेयर कप क्रिकेटको उपाधी नेपाल प्रहरीलाई

लौकही बाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद

कोशी बाढी पीडितको समस्या समाधान गर्न लागिपरेको मन्त्री कुशियतको भनाइ

लौकहीमा स्लो साईकल रेस प्रतियोगिता सम्पन्न

सुनसरीको राजमार्गमा गैरकानुनी ढाट, अवैध असुलीमा प्रशासन किन मौन ?

बालुवामा गाडिएको अवस्थामा नवजात शिशु मृत अवस्थामा फेला

इनरुवामा बलात्कार विरुद्ध अधिकारकर्मीहरूको धर्ना

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

तपाईको प्रतिक्रिया