ट्रयाक्टरको टायरले किच्दा उदयपुरमा एककाे मृत्यू

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका १० साउनेमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज दिउँसो १४स्४० बजेको समयमा उदयपुरको गाईघाटबाट धाप्लाङ तर्फ गईरहेको स १ त ६१५२ नम्बरको ट्रयाक्टरलाई सोही दिशा तर्फ गईरहेको स ७ प ५१९३ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा मोटरसाईकल अचानक सडकमा पल्टदा पछाडीबाट आईरहेको ट्रयाक्टरको टायरले किच्दा मोटरसाईकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका १ का ६० बर्षीय प्रेम कुमार तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मोटरसाईकल चालक मृतकका छोरा ४० बर्षीय एजेट नासुर तामाङ सकुशल रहेका छन् भने ट्रयाक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

×