ट्रकले घरलाई ठक्कर दिए पछि….

तनहुँ / तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ । वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना ४ ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् ।

ठक्कर दिने ट्रक र पन्तको घरको अगाडिको भागमा क्षति पुगेको बताइएकाे छ । पन्तको घरमा कोही पनि नभएका कारण मानवीय क्षति भने भएन । प्रारम्भिक अनुसन्धानको क्रममा चालक निदाएका कारण सडक नजिकै रहेको पन्तको घरमा ट्रक ठोक्किन पुगेको हुन सक्ने प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…