ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

कावासोती /  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।कावासोती–१६, डण्डामा दूध बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।बा३ख ९१५८ नंको ट्याङ्करले लु२८प २०३१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपुरको मध्यबिन्दु नगरपालिका–२ बस्ने मोटरसाइकल चालक ४२ वर्षीय युवराज घिमिरे र सोही ठाउँ बस्ने ३६ वर्षीय पीताम्बर पाठकको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया