ट्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका–७ मा मंगलबारसाँझ ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जहदा मोडस्थित कानेपोखरी–रंगेली सडक खण्डमा रंगेलीतर्फ जाँदै गरेको को १ त ६९९७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको को १७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङको ज्यान गएको हो ।

प्रहरीकाअनुसार दुर्घटनामा परेर घाइते भएका रोशनको उपचारका क्रममा पथरी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको छ । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३७ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् । उनको पथरी अस्पतालमै उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया