ट्याक्टर दुर्घटनाबाट सह-चालकको मृत्यु

भोजपुर / भोजपुर रामप्रसाद राई गाऊपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान पौने ७ बजे सोही स्थानमा को२त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाईते भएका थिए । घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सभा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया