झापा सुन व्यवसायी साजनको हत्यामा सम्लग्न थप दुई पक्राउ

झापा / बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड ५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड ३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । उनीहरुलाई प्रहरीले बिर्तामोडबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई प्रहरीले जिल्ला अदालत झापामा आज म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस अघि सुन व्यवसायी मुखियाको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले बिर्तामोड– ३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड– ८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो । मुखियालाई व्यावसायिक रिसीइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले बताउनुभयो ।

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए । मेची राजमार्ग अन्र्तगत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाडाको सडकबाट करिब २० फिट तल जुटको बोराभित्र वेपत्ता बनेको ९ दिनपछि उनको शव भेटिएको थियो । यस अघि पक्राउ परेका तीन जनलाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

PURBELI TV

<

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

दुर्घटना न्यूनीकरणका लागि ट्राफिककाे नयाँ अभियान : पूर्वका सडकमा चल्यो राडरगन

गाउँपालिका अध्यक्षले विद्यालयको शौचालय सफा गर्न थालेपछि जिल्लाभर चर्चा

इलाममा ८३ वर्षीया वृद्धाको बलात्कारपछि काटियो जिव्रो , उपचारमा समस्या

शहीद परिवार सरकारी सेवाबाट बञ्चित

झापा सुन व्यवसायी साजनको हत्यामा सम्लग्न थप दुई पक्राउ

विद्यार्थीकै भरमा स्वास्थ्य चौकी (भिडियाे सहित)

नगरप्रमुखको दादागीरि : न्याय माग्न जाँदा उल्टै कुटाई (भिडियाे सहित)

गुणस्तरहिन प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको निर्माणाधीन भवन (भिडियाे सहित)

छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना : लगन गाठोले कसेको सम्वन्ध कसरी तोड्ने सबै अन्योलमा

सुन व्यापारी साजन मुखियाको हत्याको थप रहस्य खुल्दै (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया