झापा र ईलाममा पानीमा डुबेर २ बालिकाको मृत्यु

बिराटनगर / झापा र ईलामको २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-१ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो पौने १ बजे घर नजिकै रहेको पोखरीमा डुबी रहेको अवस्थामा फेला परेकाे हाे । खानुमालाइ तत्काल उद्धार गरी उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा सवा १ बजे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ ।

यसैगरी ईलामको माई नगरपालिका-५ रमिते बस्ने जिवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बिहान १० बजे आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाईते भएकी वालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…