झापा बाट लागूऔषध सहित भारतीय नागरिक पक्राउ

झापा / झापाको गौरीगंज गाउँपालिका-२ भाकुरमारीबाट प्रहरीले अवैध लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतवार राती ९ बजेको समयमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले भारत किसनगंज थाना लोहागाडा-३ बस्ने वर्ष ५३ को गणेश मण्डललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध काेडिन फाेस्फेट 6 बोतल, डेस्ट्राेमसाेफेन हाइड्राेमिमा स्कप डि एक्स २ बोतल र डेस्ट्राेमसाेफेन हाइड्राेमिमा क्लाेराेफिनिरामिन मालिएट साइरप काेसेस डि एक्स १ बोतल फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित मण्डललाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…