झापामा सवारी दुर्घटना , १३ जना घाईते, ३ काे अवस्था गंभिर

झापा/ झापामा सवारी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका ७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका हुन् । आज बिहिबार दिउँसो १ बजे ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएकाे ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ । घाईतेहरु मध्ये ३ जनाको बिएण्डसी अस्पताल विर्तामोड र अन्य १० जनाको मनकामना अस्पताल चारआली झापामा उपचार भईरहेको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…