झापामा रूखबाट लडेर एक जनाको मृत्यु

झापा / झापामा रूखबाट लडेर एक जनाको मृत्यु भएकाे छ । बाह्रदशी-५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु भएको हाे ।

आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका थिए । बेहोस भएका लिम्बुको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया