झापामा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा / झापामा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएकाे छ । बुद्धशान्ति गाऊपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हाे । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले पहिचान खुल्न नसकेका अन्दाजी ४० बर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाईते बनाएकाे थियाे ।

घाईते भएका उनको B&C अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको
प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया