झापाबाट ९ जना जुवाडे पक्राउ

झापा / झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ परेका छन् । सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारीलाइ पक्राउ गरेकाे हाे ।

त्यसैगरी पक्राउ पर्नेमा गौरादह ४ का ३६ बर्षीय मोहन खरेल, कनकाई ३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक ७ का ३८ बर्षीय निर बहादुर सुनुवार पनि रहेका छन् ।

उनिहरुलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र ६९ हजार नगद सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया