झापाबाट अबैध समान बरामद

झापा / झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध रुपमा भन्सार छलि नेपालबाट भारत तर्फ लैजाँदै गरेको सुपारी, ओखर, छोकडा गरी जम्मा २६ बोरा अन्दाजी मुल्य ३ लाख बराबरको समान बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…