जोगबनीमा भारतीय नेतामाथि गोली प्रहार (तस्विरहरू सहित)

धरान / नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब डेढ सय मिटर आसपासमा रहेको व्यस्त बजार जोगबनीमा जनता दल युनाइटेडका नेता पप्पु पटेलमाथि बिहीबार दिउँसो गोली प्रहार हुदा उनी सख्त घाइते भएका छन् । पटेललाई जोगवनीको रेल्वे स्टेशनको गोदाम अगाडि गोली हानिएको बताइएको छ । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट उनलाई गोली प्रहार गरिएको पटेलका आफन्तले बताएका छन् ।

अज्ञात समूहले प्रहार गरेको गोली उनको छाती, पेटमा पछाडिको कोखामा लागेको छ । गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । अवस्था गम्भीर भएकै कारण त्यहा उपचार हुन नसकेपछि अहिले धरानस्थिते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया