जोखिममा धरानका खोला छेउछाउका सुकुम्बासी बस्ती

धरान / बर्षाद्को समयसँगै धरानका सुकुम्बासी बस्ती जोखिममा पर्ने भए पनि क्षति न्यूनिकरणका लागि सम्बन्धित निकायले केही पहल नगरेको पाइएको छ । बर्षेनी बर्षाद्संगै आएको बाढीले सर्दु तथा सेउती खोलाको छेउछाउमा बस्ने सुकुम्बासी बस्ती बगाउने, मानवीय क्षति पु¥याउने भएपनि न त यस सम्बन्धमा धरान नगरपालिकाले चासो देखाएको छ न त दैवी प्रकोप व्यवस्थापन समितिले नै क्षति न्यूनिकरणमा चासो देखाएको छ ।

धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको संख्या सुकुम्बासीहरुले निकालेको तथ्यांकमा धरान उपमहानगर पालिकाभित्र ६४ वटा वस्तीमा १५ हजार सुकुम्बासी रहेको र अहिले पाँचकन्या र विष्णुपादुकालाई समेत गाभिएपछि भने ७५ वटा सुकुम्बासी बस्ती १ सय वटा इकाई समिति रहेका छन् । जनसंख्याको हिसाबले २० हजार भन्दा बढी सुकुम्बासी बाढी पहिरोको जोखिममा रहेको नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो । उहाले जोखिमपूर्ण बस्तीको दीर्घकालीन समस्या समाधानको लागि राजनीतिक पार्टीका नेता तथा स्मबन्धित निकायमा जानकारी गराएपनि सुनुवाई नहुदा बर्षेनी सुकु्मबासी बस्तीबाट नै रकम उठाएर नियन्त्रण भइरहेको बताउनुभयो ।

धरान उपमहानगरपालिकाले यस सम्बन्धमा कहिल्यै चासो नदिएकै कारण जोखिम बर्षेनी बढ्दै गएको स्थानीय सुवास राईले बताउनुभयो । उहाले दीघकालीन समस्या समाधानको लागि पटक पटक जानकारी गराउन समेत सम्बन्धित निकाय वेखबर झै बन्ने गरेको आरोप लगाउनुभयो ।

जोखिमपूर्ण क्षेत्रको रुपमा सुकुम्बासीहरुले पाचकन्यामा ५ वटा वस्ती, धरानमा सर्दु खोलाले भेट्ने लोकतान्त्रिक वस्ती, नौलो बस्ती, प्रगतिमार्ग, सुनौलो गैरी टोल, विष्णु टोल, यलम्बर हाङ्छा टोल, सेउती खोलाले भेट्ने धरान १५ को बगरकोट जोखिमपूर्ण बस्तीको रुपमा लिने गरेका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा पुष्प व्यापार मेला सुरु

हारसंगै धरानको इतिहास रच्ने दाउ भयाे चकनाचुर

बुढासुब्बा गोल्डकप : डाफिन्स र आयोजकबीच उपाधिका लागि भिडन्त हुँदै

बाह्र बर्षपछि आयोजक धरान बुढासुब्बा गोल्डकपको फाइनलमा

विरोधबीच १७ बर्ष पछि भयाे धरान बसपार्क शिलान्यास

२१ औ बुढासुब्बा गोल्डकप : सिएमजी संकटा र मेची नेत्रालय बिचकाे खेल निष्कर्षविहीन, भोलि टाइबेकरबाट खेलको निर्णय गरिने

धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन

धरान बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान बीपी प्रतिष्ठानका ईन्टर्न डाक्टरहरु तलब सुविधा बढाउनु पर्ने भन्दै आन्दोलित

तपाईको प्रतिक्रिया