जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

धरान / धरानको सर्दु जलाधार क्षेत्रलाई जैविक विविधता पार्कको रुपमा विकास गरिने योजन अगाडि सारिएको छ । यस क्षेत्रमा भएका वनस्पति, जीवजन्तु र प्राकृतिक सौन्दर्यतालाई अधिकत्तम प्रयोग गरी धरान उपमहानगरपालिका, पर्यटनविद्ध र प्रदेश सरकार समेत यसमा लागि परेको छ । धरानको सर्दु जलाधार क्षेत्रलाई जैविक विविधता पार्कको परिकल्पना अगाडि सारेपछि यसमा पर्यटन व्यवसायी यसको विकासमा हौसिएका छन् भने प्रदेश सरकारले समेत बजेट नै छुट्याए यसको विकास गर्ने जनाएको छ ।

यस क्षेत्रमा ३ सय प्रजातिका बोटविरुवा, २७ प्रजातिका जीवजन्तु रहेको आयुसिइनले गरेको अध्ययनले देखाएको छ । जसमध्ये ७ किसिमका विभिन्न प्रकारका पुतली, २६ प्रकारका घस्रिने जीवजन्तु र उभयजर र जलचर जीवजन्तु रहेका छन् । यहाका बनस्पति, जीवजन्तुको संरक्षण गर्दै आकर्षक गन्तव्य स्थलका रुपमा पार्क बनाउने योजना अगाडि सारिएको पर्यटन व्यवसायी आनन्द श्रेष्ठले बताउनुभयो ।

धरान १३ र २० नं. वडामा पर्ने यो स्थानका वडा प्रतिनिधिहरुले समेत जैविक पार्कको परिकल्पनालाई साकार बनाउन आवश्यक सहयोग गर्ने बताएका छन् । धरान २० का वडाअध्यक्ष मणिराम राईले जैविक पार्क निर्माणपश्चात धरानमा आन्तरिक तथा वाह्य पर्यटन आगमनमा वृद्धि हुने बताउनुभयो ।

त्यसो त पार्क निर्माणका लागि प्रदेश सरकारले प्रारम्भिक चरणमा १० लाख बजेट विनियोजन गरेको छ । प्रदेश नं. १ लाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विश्वमै चिनाउन र मुख्य आम्दानीको स्रोत बनाउन प्रदेश सरकार लागि परेको बताउदै प्रदेश सरकारले नीतिगत रुपमा पर्यटकीय क्षेत्रका विकास लागि प्रदेश सरकारले अन्य क्षेत्रको भन्दा बढी बजेट छुट्याउन लागेको पर्यटन मन्त्री जगदिश कुशियतले बताउनुभयो ।

धरानका विजयपुरलाई धार्मिक पर्यटकी क्षेत्र बनाउने गुरु योजना अनुरुप अगाडि बढेको धरान उपमहानगपालिकाले धरान १३ र २० मा पर्ने सर्दु जलाधार क्षेत्रलाई जैविक विविधता पार्क बनाउने योजना अगाडि सारेसंगै धरानमा आन्तरिक तथा वाह्य पर्यटकको आगवनमा बृद्धि हुने अपेक्षा गरिएको छ । यसले समग्र धरानको विकासमा ठूलो सहयोग पुग्ने सर्वसाधारणले समेत अपेक्षा गरेका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान प्रज्ञा प्रतिष्ठानद्वारा चित्रकला प्रदर्शनी गर्ने

सातौ अवतारी बौद्ध अवतारी गुरुको धरानमा आगमन

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

तपाईको प्रतिक्रिया