जन्मदिन मनाउने यस्ताे तरिका …

धरान / पछिल्लो समय जन्मदिन, विवाहको बर्षगाठ लगायतका कार्यक्रम मनाउने तौर तरिकामा परिवर्तन आएको छ । जन्मदिनका जन्म दिन तथा अन्य कुनै महत्वपूर्ण दिनमा घरमा पार्टी गर्ने, साझमा साथीभाइहरुसंग बसेर मदिरा पिउने पश्चिमी संस्कृतिले समाजलाई गाज्दै गएको अवस्थामा अहिले पनि यस्ता महत्वपूर्ण दिनमा सामाजिक कार्य गरेर मनाउने प्रचलन बढ्दै गएको हो ।

यस्तै धरान १५ निवासी लक्ष्मण थापा तथा उहाकी धर्म पत्नी इन्द्रकला थापाले आफ्नो विवाहको २५ औं बर्ष गाठका अवसर पारेर सरस्वती अनाथ आश्रमका बालबालिकालाई दूध विस्कुट वितरण गरेर मनाउनु भएको छ । धरान ३ तुर्केमा रहेका २७ जना अनाथ बालबालिकालाई त्यसरी दूध र विस्कुट खुवाएर बर्षगाठ मनाउनु भएको हो ।

हरेक काम सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सन्देश दिनकै लागि २५ औं बर्षगाठ अनाथ आश्रमका रहेका बालबालिकालाई दूध विस्कुट खुवाएर मनाइएको सञ्चारकर्मी समेत रहनु भएका थापाले बताउनुभयो । आश्रममा अहिले यस्ता महत्वपूर्ण दिनलाई परोपकारी कामसंग जोड्ने सर्वसाधारण दिनप्रतिदिन बढ्दै गएको सरस्वती अनाथ आश्रमकी अध्यक्ष नैनाकला न्यौपानेले बताउनुभयो ।

गत बर्षमात्र यसरी जन्मदिन, विवाहको बर्षगाठ तथा अन्य कुनै महत्वपूर्ण दिनमा यसरी खाना, खाजा खुवाउनेको संख्या २ सय भन्दा बढी भएको बताउदै यसबर्षको साउनदेखि अहिलेसम्म १ सय भन्दा बढीले यसरी खाजा खाना खुवाएको बताउनुभयो । यस्ता कार्यले समाजलाई सकारात्मक सन्देश दिने गरेको उहाको भनाई छ ।

 

 

तपाईको प्रतिक्रिया

×