जनकपुरधाममा बोराभित्र पुरुषको शव फेला

जनकपुरधाम । जनकपुरधाममा एक पुरुषको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।

बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

तपाईको प्रतिक्रिया