छानविन समिति प्रतिवेदन नबुझाउने, छानविनमा परेका इन्जिनियरले काम गरिरहने

पथरी / पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई लागेको आरोप प्रति सत्यतथ्य छानविन समिती गठन भएको एक महिना बित्दापनि छानविन समितिले प्रतिवेदन बुझाउन आलटाल गरेका छन् । आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध विभिन्न पत्रपत्रिकामा कन्सल्टेन्सीहरुको काममा ढिलाई गर्ने, सेवाग्राहीले घरनक्सा पास सम्बन्धि धरैती फिर्ता गर्न आलटाल गरेको समाचार प्रकासन भएको थियो । पीडित सेवाग्राही र कन्सल्टेन्सीले पत्रकार सम्मेलनको आयोजना गरी आर्किटेक इन्जिनियरको गतिविधि बाहिर ल्याएका थिए । भने कन्सल्टेन्सीका संचालकहरुले छानबिन गरि कारवाहिगरि पाउँ भन्दै हस्ताक्षर गरि नगर प्रमुखलाई उजुरी नै गरेका थिए ।

नगरले एक हप्तामा प्रतिबेदन पेस गर्ने गरि समिती गठन गरे पनि समितीले एक पछि अर्को म्याद थप्दै आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको जोगाउर्दै जनताको आँखामा छारो हालेको छ । यता छानबिन समिती बने पनि आर्किटेक इन्जिनियर क्षेत्री नगरको काम गरिहरेका छन । छानबिन समिती बने पछि प्रतिबेदन नबुझाए सम्म छानविनमा परेका कर्मचारीलाई समितीले रोक लगाउनु पर्नेमा प्रतिबेदन नै नबुझाई आलटाल गरेको छ ।

नगरपालिकाले वडा नम्बर १ वडाध्यक्ष वाबुराम एङ्देन, वडा नं. २, का वडाध्यक्ष यामप्रसाद गुरागाईं, वडा नं. ४ का वडाध्यक्ष गोविन्दवहादुर भण्डारी र वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहाल रहेको छानविन समिति बनाई सत्यतथ्य प्रतिवेदन ल्यान जिम्मा लगाएको थियो ।  वडा नं. ४ का वडाध्यक्ष गोविन्दवहादुर भण्डारी र वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहालका अनुसरा छानविन समितिले तीन चरणको काम सकाएको बताएका छन् । उनिहरुले अब केही काम छानविन भैरहेको र एउटा काम अनुगमन रहेको र त्यस पछि चाडै प्रतिवेदन ल्याउने वडाध्यक्ष गोविन्द भण्डारीले बताए ।

आर्किटेक इन्जिनियरको गतिविधिलाई छानविन हेर्ने हो भने इन्जिनियरको कार्यकक्षमा भएको सिसिटिभिको फुटेज, कुन घर कुन इन्जिनियरले नक्सा कोरेको, उनि नियुक्ती भए पछिका कुन कन्सल्टेन्सी द्धारा सिफारि भएको र हाल १ नम्वर वडामा निमाण भएका घरहरु मापदण्ड समत छ छैन भन्ने कुराले प्रस्ट दर्साउछ ।

नगरको आर्किटेक इन्जिनियर भएर इन्जिनियर घिमिरेले अफिस नै राखेर कन्सल्टेन्सी संचालन गरेको र त्यस पछि झोलामा काम गर्ने तथ्य भेटिएको छ । जतिखेर इन्जिनियर घिमिरेले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमाल बताउँछन् । ढिलो मात्र भएको हो, उति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको थियो धिमाल बताउँछन् ।

यस बारेमा नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताउर्दै आएको छ । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने छ । यदि कल्सेन्टेन्सीहरु गलत भए कालो सुचिमा राखिने उनले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…