छथरका युबाहरुले रोजगार पाउने

तेह्रथुम / रोजगारका लागी लाखौ रिन गरी बिश्वको बिभीन्न मुलुकमा पुग्ने युवाहरुको ताँती बढ्दो छ । परिवार जहान पाल्नैका निम्ती भएपनी रोजगारका लागी युबाहरु बिदेशीनु पर्ने बाध्यता बन्दै आएको छ । अझ हाम्रो समाजमा महिला र पुरुष पारिश्रमीकमा बिभेद कायम रहदै आएको छ । एउटै काम गरेपनी महिलालाई कम र पुरुषलाई बढी पारिश्रमीक दिने चलन हाम्रो समाजमा हटेको छैन । तर तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले नेपालमै नमुना कामको सुरुवात गर्ने तयारी गरेको छ । गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार गर्न योग्य युबाहरुलाई रोजगारीको सिर्जना गर्ने तयारी भई रहेको छ ।

कृषी,सडक,वातावरण,बन लगायतको क्षेत्रमा युबाहरुले रोजगारी पाउने भएका छन । प्रधानमन्त्री स्वरोजगार कामका लागी पारिश्रमीक नेपाल सरकारले अक्तियारी दिए सँगै स्थानीय सरकारले आफ्नै भुगोललाई प्रयोग गरी सिर्जनामत्क रुपमा कार्यक्रम अगाडी बढाउने तयारी भई रहेको छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बु बताए ।

गाउँपालिकाले पुर्बाधार बिकास,सामाजिक परिचालनका कार्यक्रम तथा राष्ट्रीय अभीयानका कार्यक्रमहरु लगायतका कार्यक्रमहरुमा श्रमिकहरुलाई प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । रोजगारमा कुनै पनि रुपमा नजोडिएका युबाहरुलाई प्राथमिकताका साथ छनौट गरीने भएको छ । छनौट प्रकृया कार्यबिधीमा तोकिए अनुसार गरीब,बिपन्न,सिमान्तकृत समुदायलाई प्राथमिकता साथ काम अघी बढेको गाउँपालिका अध्यक्ष लिम्बु बताए ।

गाउँपालिकामा सबै युबाहरुलाई रोजगार सिर्जना गर्ने उदेश्यका साथ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम थालनी भएको छ । दिनानु दिन लाखौ युबाहरु रोजगारकै निम्ती बिदेशीनु पर्ने बाध्यतालाई अन्त्य गर्दै आफ्नै गाउँमा सञ्चालन हुने योजना आयोजनाहरुमा रोजगारीको वातावरण सिर्जना गर्नका लागी कार्यक्रम अगाडी बढेको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले गाउँपालिकाले सुरु गरेको कार्यक्रलाई उदेश्य अनुसार कार्यन्वयममा ल्याउन सके यहाँका बेरोजगार युबाहरुका लागी थोरै भएपनी राहात मिल्ने युवाहरुको भनाई छ ।

गाउँपालिकाले रोजगारका लागी आब्हान गरेपछी वडा वडाहरुका युबाहरु फारम भर्नेहरुको ताँती लाग्न थालेको गाउँपालिकाले जनाएको छ । यस आर्थीक बर्षमा १ सय जना युबाहरुलाई पहिलो चरणमा रोजगार दिन गाउँपालिकाले तयारी गरेको छ । रोजगारका लागी छनौट भएका कामदारहरुले कामको आधारमा पारिश्रमिक पाउने भएका छन । दक्ष कामदार र अर्धदक्ष कामदारको रुपमा बिभाजन गरी गाउँपालिका क्षेत्रमा रोजगारी दिईने भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…