चिसोले कठ्याङ्ग्रिएर उदयपुरमा एक जनाको मृत्यु

उदयपुर / चिसोले कठ्याङ्ग्रिएर उदयपुरमा एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका ११ स्थित डिएमगेट मेन चोक सडक खण्ड अन्तर्गत त्रियुगा नमुना मावि गाईघाटको पुरानो भवन सडकमा ओत लागि मागेर हिँड्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का ५६ वर्षिय लक्ष्मण भुजेल रहेको प्रहरीले जनाएको छ ।

सडकमा मागेर हिँड्ने ती व्यक्तिको मृत्यु अत्याधिक चिसोका कारण भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनको साविक घर गाईघाट भएपनि आधा घर गाईघाट–दिक्तेल सडकमा पर्यो र बाँकी बेच विखन गरेपछि मागेरै खाने गरेको स्थानीयहरुले जानकारी दिए । उदयपुरमा मंगलबारबाट चिसो निकै बढेको छ । चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया