चाडपर्बमा हुने अपाराधिक घटना न्युनिकरणका लागी छथरमा प्रहरी सुरक्षा सतर्कता

तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर क्षेत्रलाई चाडपर्बमा हुने आपराधिक क्रियाकलापहरुलाई न्युनीकरणका लागी प्रहरी सुरक्षा सर्तकता बढाईने भएको छ । चाडबर्पको अबसरमा माद्यपान सेवन गरी गाउँ घरमा हुने झै झगडाहरुलाई न्युनिकरणका लागी प्रहरी गस्तीलाई ब्यापक बनाईएको सुक्रबारे प्रहरीचौकीले जनाएको छ । छिमेकी जिल्ला धनकुटासँगै जोृडीएको छथर गाउँपालिका क्षेत्रलाई शान्ती सुरक्षा कायम राख्नका निम्ती प्रहरी सुरक्षा सतकैता बनाईएको प्रहरीचौकीका ईन्चार्च प्रशुराम गिरीले बताउनु भयो ।

गाउँपालिकाको प्रत्येक बस्तीहरुमा प्रहरी गस्ती परिचालनका साथै जुवाजन्य क्रियाकलापहरुलाई बन्द गरीएको प्रहरीले जनाएको छ । प्रहरीचौकीका ईन्र्चाच गिरी सुक्रबारे सरुवा भएर आए सँगै यस क्षेत्रमा हुने गरेका झै झगडाका साथै गुण्डागर्ती गर्नेहरु भागाभाग हुँदै आएका छन । बिगत केही बर्ष अघी सम्म चाडपर्बको अबसरमा खेलाउँदै आएको डाईस चौकीमा गिरीको प्रबेश सँगै बन्द भएको छ ।

चाडपर्बको नाममा खेलिने डाईस जुवाका कारण धृेरै परिवारमा झै झगडाहरु हुनका साथै ज्यानै समेत गुमाउनु परेको उदाहरण रहेकाले यस्ता क्रियाकलापहरु आफ्नो कार्यकालमा छथरमा हुन नदिने गिरीले बताएका छन । झगडा गर्ने बजारको रुपमा कुनै समय चिनीएको सुक्रबारे बजार जिल्लाकै सुरक्षित बजारको रुपमा चिनीन थालेको छ । जनपथ प्रहरीको साथै अनुसन्धान बिभागमा रहेर काम गर्दै आएका छितिज राईको सकृयता रहँदै आएको छ । दिनरातको कुनै प्रबाह नगरी सेवामा प्रत्पर रहँदै आएका गिरीले छथरलाई शान्ती सुरक्षा कायम गर्न महत्वपुर्ण भुमिका खेल्दै आएको यहाँका स्थानीयहरुले बताउने गरेका छन । तत्कालिन ६ वटा गाबिस मिलेर बनेको छथर गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया