चल्न थाले सप्तकोशीका जहाज

इटहरी / स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जलयातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जाहाज) सञ्चालनमा आएको छ । स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो ।

जलयातायातका सञ्चालकहरूले भोजपुरको हतुवागढीमा पत्रकार सम्मेलन गरेर जाहाज सञ्चालनमा आएको जानकारी गराएका थिए । जलयातायात सुनसरीको बराहक्षेत्रबाट भोजपुरको हतुवगढी–९ कोप्चेसम्म सञ्चालन हुँदै आएको थियो । भाडा ४ सय बाट घटाएर २ सय ५० रुपैयाँ कायम गरिएको सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । अहिले ७ वटा जहाज सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…