चट्याङ लागेर ३ जना घाईते

इटहरी / बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना भएका छन् । संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको छ ।

त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी छन् उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रवक्ता महेन्द्र कुमार श्रेष्ठ जानकारी दिए ।

साथै ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । उनकाे मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको प्रवक्ता श्रेष्ठ बताएका छन् ।

तपाईको प्रतिक्रिया