चट्याङ् पर्दा कक्ष २ मा अध्यानरत दुई बिध्यार्थीको मृत्यु, सात घाईते

विरेन्द्रनगर । चट्याङ पर्दा सुर्खेतको एक विद्यालयमा दुई विद्यार्थीको मृत्यु भएको छ, भने अन्य सात जना घाईते भएका छन् । जिल्लाको चिङ्गाड गाउँपालिका–४ धनापानी मटेलास्थित मालिका प्राविको छानामा चट्याङ पर्दा कक्षा २ मा अध्ययनरत ७ वर्षीया निर्मला चन्द र ६ वर्षीय अम्बर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

चट्याङ् बिहान साढे ११ बजे परेको थियो । चट्याङ लागेर अन्य सात विद्यार्थी घाइते भएका थिए । जसमध्ये दुई विद्यार्थी सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया