चक्कु प्रहार गरी हत्या

काठमाडौँ / काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार ९चक्कु० प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

तपाईको प्रतिक्रिया