१४ वर्षीया बालिकालार्इ बलात्कारको आरोपमा विक पक्राउ

घोडाघोडी / कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…