घरेलु मदिरासहित पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोटका सुका तामाङले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको ७० लिटर घरेलु मदिरा आज बरामद गरिएको हो । उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएर तामाङद्वयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया