धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरान / धरानको जिरो प्वाइन्टमा आज दुर्घटना भएको छ । दुर्घटनामा धरान १३ का २७ बर्षीय सविन राईको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डढको धरान १३ जिराप्वाइन्टमा अनयन्त्रित भई स्कुटर दुर्घटना हुदा राइको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी धरानका अनुसार ओभरटेक गर्ने क्रमा स्कुटर दुर्घटनामा परेको थियो ।, धरानबाट धनकुटातर्फ जार्दै गरेको ना ७ ख १८३२ नम्बरको ट्रकलाई सोही दिशातर्फ जादै गरेको राइ सवार को ३१ प ३०३४ न. को स्कुटरले ओभरटेक गर्ने क्रममा यो दुर्घटना भएको थियोे । अत्यन्ै तीब्र गतिमा रहेको सो स्कुटर ओभरटेक गर्ने विपरीत दिशाबाट आउदै गरेको को ३७ प ७७३ नम्बरको मोटरसाइकलसंग जुधेको थियो । मोटरसाइकलमा ठक्कर दिएपछि अनयन्त्रित स्कुटर पुनः ट्रकमा ठक्कर दिन पुगेको थियो ।

ट्रकको मुनी छिरेका उनी सख्त घाइते भएका थिए । घाइत राईलार्ई उपचारको लागि तत्काल विपी प्रतिष्ठानतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा लाागू औषधसहित दुई जना पक्राउ

धरान महोत्सव २०७६ सुरु ( १७ तस्विरहरू)

‘मिस पुर्वाञ्चल’ काे ताज पथरीकी रिजुलाई

धरानका मेयर तिलक राईद्वारा पदभार ग्रहण : कर पुनरावलोकन गर्ने निर्णय

धरानमा ५९.६२ प्रतिशत मत खस्यो

धरान उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

तपाईको प्रतिक्रिया

Loading…