गोठगाँउमा प्रदेशको राजधानी बनाउने घोषणा गर्दै सकियो नगर परिषद

सञ्चारका नाममा छुट्टिएन एक रुपैया पनि

बिराटचौक / सुन्दहरैचाकोे गोठगाँउमा रहेको पुर्वाञ्चल बिश्व बिद्यालयलाई प्रदेशको राजधानी बनाउन माग गर्ने निर्णय गर्दै सुन्दरहरैचा नगरपालिकाको नगरपरिषद बिहिवार सम्पन्न भएको छ । नगरपरिषदले ७३ करोड ६९ लाख ९२ हजार ८ सय ९४ रुपैया वरावरको बजेट समेत सार्वजनिक गरेको छ । नगरले आर्थिक बिकासमा १ करोड ५ लाख बजेट छुट्याएको छ भने सामाजीक बिकसामा २ करोड १ लाख, पुर्बधार बिकासमा ४ करोड ४५ लाख बाताबरण तथा बिपद ब्यबस्थापनमा १ करोड ३० लाख सार्वर्जनिक सेवा त्था क्षमता बिकास कोषमा १ करोड ४४ लाख तथा अन्य सिर्षकमा बजेट सावर्जनिक गरेको नरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले बताए । नगरपरिषदले पहिलो पटक शव वहानको समेत ब्यबस्था गर्ने भएको छ ।

बेलबारीमा रहेको लोहान्द्रा तथा सुन्दरहरैचा र ईटहरीको सिमामा रहेको ट्यांग्रा खोलामा रहेको समाधिस्थल सम्म शब निशुल्क पुर्याउने समेत निर्णय गरेको मेयर शिब ढकालले बताए । केहि समय अघि बिबादमा रहेको नगर परिषदले एक रुपैया पनि सञ्चारका क्षेत्रमा भने बजेट छुट्याएको छैन । एउटै प्रकृतिका दुई शिर्षकमा भने नगरपरिष्दले साढे तिन करोड भन्दा बढि बजेट छुट्याएको छ ।

नगरपरिषदले बाताबरण तथा बिपद ब्यबस्थापनमा शिर्षक दिएर १ करोड ३० लाख छुट्याएको छ भने उस्तै शिर्षकमा २ करोड भन्दा वढि बजेट छुट्याएको छ । प्रकोप ब्यबस्थापन कोषमा २ करोड ४० लाख बजेट छुट्याईएको छ । नगरले आन्तरिक आय भने ९ करोड ४४ लाख ४४ हजार ८ सय ९४ रुपैया हुने अनुमान गरीएको छ । एक बर्ष भित्रमा नमुना नगर बनाउने समेत नगर परिषदमा जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया

×