गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सोलुखुम्बु / गएको साउन १९ गते गोक्यो तालमा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीको शव खोज्न टोली खटिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो तालमा हराएका थिए ।

हराइरहेका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोलीले पेम्बा नुरु शेर्पाको शव निकालेको थियो । तालमा डुबेका पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली अझै हराइरहेका छन् । तालमा बेपत्ता भएको ९ महिनापछि बालकको खोजी गर्न विदेशी विशेषज्ञ र गोताखोरसहित सशस्त्र प्रहरी बलको संयुक्त टोली आज गोक्यो ताल तर्फ हिँडेको हो ।

हिमतालमा डुबेका बालकहरुको खोजीका लागि रोबर्ट, जेनेरेटर, ड्राइसुटलगायत सामग्रीहरु आजै हेलिकप्टरमार्फत गोक्यो हिमताल पुगेको र विशेषज्ञसहितको टाली आज मंगलवार गोक्यो ताल क्षेत्र पुग्ने टोलीमा सहभागी विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
अमेरिकाबाट आएका विशेषज्ञसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक, पथप्रदर्शक लगाएको टोली उद्धारका लागि गएको हो ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…