गाँजा सहित एक जना पक्राउ


झापा / प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट दुई केजी सातसय ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरीको टोलीले शिवसताक्षी नगरपालिका – १० दोमुखाबाट ५४ वर्षीय तीर्थलाल दाहाललाई गाँजासहित पक्राउ गरेको हो ।

यस अघिपनि प्रहरीले शिवसताक्षी नगरपालिका – ११ बाट १२ केजी गाँजा सहित तीन जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार पक्राउ परेका दाहाल यसअघि पनि गाँजा विक्री गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…